२०८१ मंसिर ८ , शनिवार

काटेर राखेको फलफूल खानु हानिकारक

सुनाखरी न्युज/ काठमाडौं –

व्यस्त जीवनशैलीका कारण मानिसहरु फलफूल काटेर राख्ने र लामो समयपछि सोही फलफूल खाने गर्छन् । तर, स्वास्थ्य विशेषज्ञहरूले काटेर राखेको फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक नभएको बताउँछन् ।

 

आयुर्वेद फिजिसियन डाक्टर नाजिया खानले फलफूल काट्ने वित्तिकै खानुपर्ने बताउँछिन् । उनी फलफूल काटेर राख्दा त्यसमा सूर्यको प्रकाश सिधा पर्ने भएकाले पोषक तत्वमा कमी आउने बताउँछिन् । साथै, उनले काटेर राखिएको फलफूल छिट्टै सड्ने पनि बताइन् । फलफूल काटेर लामो समयसम्म राख्दा त्यसमा हुने भिटामिन सी, बिटा केरेटेनाइड्स, एन्टिअक्सिडेन्ट, मिनरल र अन्य पोषकतत्वहरुमा कमी आउँछ । फलफूल प्रकाश र अक्सिजनको सीधा सम्पर्कमा आउँदा भिटामिन सी गायब हुन्छ । यसका साथै, फल प्राकृतिक रुपमा बोक्राले ढाकिएको हुन्छ ।

 

जसका कारण यसमा रहेको भिटामिन ए र ई पनि हुन्छ । जब यसलाई काटिन्छ यसको सुरक्षा कवच पनि निक्लन्छ । फलफूलमा एन्टिअक्सिडेन्टबाट हुन्छ र काटेर खुला राख्दा अक्सिजनसँग प्रतिक्रिया जनाएर विशाक्त बन्न थाल्छ । त्यसैले काटिएको सट्टा ताजा फल खानुहोस् । बजारमा पाइने काटिएको फल, सलाद, फ्रुट स्याडविच आदि खानबाट जोगिनु आवश्यक छ । किनकी यसमा संक्रमण र खाद्य विषाक्तको पुरापूर सम्भावना हुन्छ । यस्तोमा काटिएको फल देख्न जत्तिकै राम्रो भए पनि अपच हुन सक्छ । फल काटेर वा नरम बनाए खानु हुन्छ भने ताजा नै खानुहोस् ।

 

ग्लास वा स्टील एयरटाइड कन्टेनरमा स्टोर गर्नुहोस्
फल काट्नाले यसको रेस्पिरेशन दर बढ्छ । जसका कारण यसमा कार्बनडाईअक्साइड रिलिज हुन्छ र शुुगरको मात्रा पनि बढ्छ । यसबाट फलको रंग त्यसको टेक्श्चर सबै प्राभवित हुन्छ । यद्यपि यसलाई काटिएको १० मिनेटभित्र खानु राम्रो हुन्छ । यदि स्टोर गर्नु नै छ भने पनि ग्लास वा स्टीलको एयरटाइड कन्टेनरमा रेफ्रिजरेट गरेर ३ देखि ४ घन्टासम्म राख्न सकिन्छ । यसो गर्नाले फलमा रहेको पोषक तत्व नष्ट हुनबाट जोगिन्छ । तर, फलका किसिम अनुसार काटेर राख्ने समय फरक हुन्छ ।

 

न्यूट्रिसियनिस्ट बिन्दु बजाजका अनुसार फल काट्नाले त्यसमा रहेको बी कम्प्लेक्स भिटामिन, फाइबर र मिनरल नष्ट हुन्छ । प्लास्टिकको टिफिनमा फल राख्नु पनि स्वास्थ्यका लागि ठीक हुन्न । बोक्रा सहित फल खानु तपाईको स्वास्थ्यका लागि लाभदायक हुन्छ । खानु भन्दा पहिले त्यसलाई पानीले राम्ररी पखाल्नु पर्छ । बिना बोक्रा फल खानाले त्यसमा भएको फाइबरको मात्रा पनि रहिरहन्छ । स्याउ, गाजर र काँक्रो जस्ता फल बिना बोक्रा खादा पनि स्वादिष्ट लाग्छ साथै स्वास्थ्यका लागि पनि राम्रो हुन्छ । यसो नगर्नाले फल प्रदूषित भएर तपाईको पाचन प्रणालीलाई नोक्सानी पुर्याउछ सक्छ ।एजेन्सी