सुनाखरी न्युज/ काठमाडौं – शेयर बजारको आरोलो यात्रा कायमै रहेको छ । कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) १९.६५ अंकले घटेर २६३१.३२ विन्दुमा झरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३१ कम्पनीको २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँ बराबरको ४९ लाख ६७ हजार ४७१ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ ।
मंगलवार ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ३ हरियो भएको छ । भने १० वटा घटेको छ । टेलिकमको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।