सुनाखरी न्युज/ काठमाडौं । नारदमुनी पवित्रादेवी स्मृति कोषले मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजाल सहित निवर्तमान अध्यक्ष प्रकाश मून्दडा र पूर्वअध्यक्ष महेश जाजूलाई आफ्नो सतकर्म प्रयासबाट समाजका विभिन्न क्षेत्रमा पु¥याउनु भएको योगदान, विभिन्न क्षेत्रमा गर्नुभएको समाज सेवा तथा नेपाली औद्योगिक क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर गर्दै दोसल्ला ओढाई सम्मान पत्रले सम्मानित गरिएको छ ।
आज आयोजित सो कोषको छात्रावृति तथा पत्रकारिता पुरस्कार कार्यक्रम अन्तर्गत जिल कुमारी पत्रकारिता पुरस्कार कोषका संरक्षक छलपति लुइटेलले संघका अध्यक्ष रिजाल सहित निवर्तमान अध्यक्ष मून्दडा र पूर्वअध्यक्ष जाजूलाई सम्मान गर्नुभएको थियो ।
सरस्वती उच्च मा.वि. झोराहटमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा संघका निवर्तमान अध्यक्ष प्रकाश मून्दडा र विशिष्ठ अतिथिका रुपमा संघका अध्यक्ष नवीन रिजाल र का.का.सदस्य आशिष जाजूको सहभागिता रहेको थियो ।