२०८१ आश्विन ५ , शनिवार

आज शुक्रबारबाट फिल्म ‘चिसो एष्ट्रे’ हलमा

सुनाखरी न्युज/ काठमाडौं –

आज शुक्रबारबाट फिल्म ‘चिसो एष्ट्रे’प्रदर्शनमा आएको छ । काठमाडौंका विभिन्न गल्लीहरुमा बस्ने पात्रहरुको संघर्षको कथालाई उठान गरिएको ‘चिसो एष्ट्रे’ कवि भूपि शेरचनको ‘चिसो एस्ट्रे’ कविताबाट प्रभावित भएर निर्माण भएको हो ।

 

यस फिल्ममा गाउँबाट सहर आउने मानिसहरुको सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छ भन्ने कथामा आधारित रहेको फिल्ममा अभिनय गर्नेमा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको रहेका छन् ।

 

महेशबाबु तिमल्सिनाको प्रस्तुति रहेको फिल्ममा प्रवीण स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेका छन् ।यस्तै रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा सह–निर्माता रहेको यस फिल्ममा उज्वल बस्ताकोटीको छायांकन र उज्वल ढकालको सम्पादन रहेको छ ।