२०८१ आश्विन ५ , शनिवार

सुटिङ हुनुअघिनै ‘पुष्पा-२’ लाई ४०० करोडको अफर

सुनाखरी न्युज/ काठमाडौं –

दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन स्टारर ‘पुष्पा’ ले बक्स अफिसमा कमाइको रेकर्ड बनायो। फिल्मले हिन्दी बेल्टमा मात्र १ सय करोडभन्दा बढी कमाएर बक्स अफिसमा इतिहास रच्यो।

 

 

‘पुष्पा’ को क्रेज र लोकप्रियतासँगै अल्लु अर्जुनलाई भारतकै सुपरस्टार बनायो। यसको दोस्रो भाग यसै वर्षभित्र रिलिज गर्ने गरी निर्माण पक्षले तयारी गरेको छ। बलिउड प्रशंसकलाई ध्यानमा राखेर यसको स्कृप्ट केही परिवर्तन गर्ने निर्माण पक्षले बताइसकेको छ। डीएनको रिपोर्टअनुसार अल्लु अर्जुन स्टारर ‘पुष्पा २’ लाई रिलिज हुनुअघि नै ठूला कर्पोरेट प्रोडक्सन हाउसबाट अफर आइसकेको छ। स्रोतलाई उद्धृत गर्दै ‘पुष्पा २’ को सबै भाषामा सिनेमा अधिकारका लागि उत्तरको एउटा ठूला प्रोडक्सन हाउसले निर्मातालाई करिब ४ सय करोड रूपैयाँ अफर गरिसकेको छ।

 

यति ठूलो रकम सिनेमा रिलिजका लागि मात्र हो, यसमा ओटीटी र टीभी अधिकारहरू समावेश छैनन्। तर, पुष्पा मेकर्सले यो अफर स्वीकार गरेको छैन। ‘पुष्पा २’ को सफलतामा निर्माता ढुक्क भए पनि अफरको बारेमा केही नसोचेको भन्दै स्वीकार गर्ने या नगर्ने भन्नेबारे केही निर्णय गर्न नसकेको बताइएको छ।कोरोना महामारीपछि यो फिल्मले सबैभन्दा धेरै कमाउने फिल्मको कीर्तिमानसमेत बनाएको छ।एजेन्सी