२०८१ आश्विन १३ , आइतवार

देशका विभिन्न स्थानमा डुबेर ५ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

इलाम- माई नगरपालिका-१ तेह्रकुनेस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने तेज बहादुर राइको ११ वर्षीय छोरा वर्धन राइको बिहीबार दिउँसो मृत्यु भएको छ । साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

 

कैलाली- घोडाघोडी नगरपालिका-२ थुम्कीस्थित चिडिया तालमा डुबेर सोही ठाउँ बस्ने १९ वर्षीय बिशाल बिष्टको बिहीबार दिउँसो मृत्यु भएको छ । उक्त तालमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

अछाम- मंगलसेन नगरपालिका-३ लछिमना टोलस्थित चित्रे दोभानको कैलाश खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २८ वर्षीय मिन बहादुर ढोलीको बिहीबार दिउँसो मृत्यु भएको छ । उक्त खोलामा मलामी गएको अवस्थामा अस्तु सेलाउने क्रममा अचानक चिप्लिएर खोलामा डुब्दा उनको मृत्यु भएको हो ।

 

सिन्धुपाल्चोक- चौतारा साँगाचोक गढी नगरपालिका-१३ झ्याडी खर्कस्थित झ्याडी खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने ठग बहादुर रानाकी १६ वर्षीया छोरी रमा रानामगरको बिहीबार दिउँसो मृत्यु भएको छ ।

 

रौतहट – चन्द्रपुर नगरपालिका-२ छाँगासिर झरनाको पानीमा डुबेर सोही ठाउँ बस्ने ३२ वर्षीय कमल उपाध्यायको बिहीबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।