२०८१ मंसिर ८ , शनिवार

रुसको रकेट हमलामा युक्रेनकी अभिनेत्री ओक्साना श्वेट्सको निधन

सुनाखरी न्युज/ काठमाडौं –

रुस र युक्रेनबीचको युद्ध छिट्टै रोकिएला जस्तो छैन । २४ फेब्रुअरीदेखि सुरु भएको यो युद्धमा सैनिकका साथै सर्वसाधारणलाई निशाना बनाइरहेका छन् ।

 

युक्रेनमा ठूलो संख्यामा मानिसले आफ्नो ज्यान गुमाइसकेका छन् । युक्रेनकी नायिका ओक्साना श्वेट्स पनि रुसको हमलाको शिकार भएकी छिन् । खबरका अनुसार ६७ वर्षकी थिएटर अभिनेत्री ओक्साना श्वेट्सको निधन रुसको किभमा भएको रकेट आक्रमणमा भएको हो ।ओक्साना श्वेट्सको निधनको खबर ‘योङ थिएटर कम्युनिटी’ ले दिएको हो । यहाँ ओक्सानाले लामो समयदेखि काम गरेकी थिइन् ।

 

थिएटर कम्युनिटीका अनुसार एक आवसीय भवनमा रुसको हमलामा ओक्सानाको मृत्यु भएको हो । उनीहरुले ओक्सानालाई श्रद्धाञ्जली दिए र आफ्नो रोष पनि व्यक्त गरे । उनीहरुले आफ्नो जमिनमा आएका दुश्मनमा लागि माफी नभएको पनि बताए । ओक्साना युक्रेनकी चर्चित अभिनेत्री थिइन् । उनलाई युक्रेनको सबैभन्दा ठूलो आर्टिस्टिक सम्मान अनर्ड आर्टिस्ट अफ युक्रेनबाट पनि सम्मानित गरिएको थियो । उनले इभान फ्रान्को थिएटर र किभ स्टेट इन्टिच्युट अफ थिएटर आर्ट्समा पढेकी थिइन् ।

 

यसबाहेक उनले टेर्नोपिल म्युजिक र ड्रामा थिएटर र किभ थिएटर अफ सटाइरमा पनि काम गरेकी थिइन् । ओक्साना शिवेट्स अघि युक्रेनका चर्चित फिल्म निर्देशक तथा पत्रकार ब्रेन्च रेनौडको पनि निधन भएको थियो । एजेन्सी