२०८१ आश्विन १३ , आइतवार

अब उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण गर्न नपर्ने

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ ।

 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को सङ्क्रमणको लक्षण नदेखिका व्यक्तिले अस्पतालमा उपचारका लागि पिसिआर परीक्षण गराउनु नपर्ने बताएका हुन् ।

तर अस्पतालमा उपचारका लागि जाँदा खोप कार्ड भने अनिवार्य रुपमा लिएर जानुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।