२०८१ मंसिर ७ , शुक्रवार

एनआईबीएल एस क्यापिटलको पोखरामा अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम संचालन

सुनाखरी न्युज/ काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा गण्डकी प्रदेशको पोखरामा,अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम संचालन भएको छ ।

 

उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमासमेत छलफल गर्नुभयो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतयस अघि पनि प्रदेश स्तरमा सुदुरपश्चिम प्रदेशको धनगढीमा, प्रदेश २ को महोत्तरीमा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा पनि अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम सफलतापुर्वक सम्पन्न गरिसकेको छ ।

उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तैकार्यक्रमसंचालन गरिने समेत क्यापिटलले जनाएको छ ।