२०८१ आश्विन १३ , आइतवार

हालसम्म ११ जिल्लामा देखियो बर्डफ्लु, कुन कुन जिल्लामा फैलियो ?

सुनाखरी न्युज/ काठमाडौं –

काठमाडौंमा देखिएका बर्डफ्लु अहिलेसम्म ११ जिल्लामा पुगेको छ । पहिला काठमाडौंको गोकर्णेश्वर र चितवनको राप्ती नगरपालिकामा गएको माग २७ गते बर्डफ्लु पहिचान भएको थियो ।

 

पशु सेवा विभागले दिएको जानकारी अनुसार अहिलेसम्म काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, पर्सा, धनुषा र कास्की रहेका छन् ।

 

यी जिल्लाका विभिन्न फार्ममा पालिएका व्यावसायिक कुखुराको नमुना त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लुको (एच ५ एन १ एभिएन एन्फ्लुएन्जा) प्रजाति पहिचान भएको हो । बर्डफ्लु पहिचान भएका स्थानहरूमा ६५ हजारभन्दा धेरै कुखुरालगायत घरपालुवा पक्षी नष्ट गरिएको छ ।