२०८१ आश्विन १३ , आइतवार

जाजरकोट–जुम्ला सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन

सुनाखरी न्युज/ काठमाडौं –

जाजरकोट-जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ। सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुङ्गासम्म सडक स्तरोन्नति गर्न ५० करोड रुपैयाँ विनियोजन गरिएको छ।

 

बहुवर्षे ठेक्कामार्फत् सडक स्तरोन्नति गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सिडिई शुभराज न्यौपानेले जानकारी दिए।बहुवर्षे ठेक्कामार्फत् जाजरकोटबाट जुम्लासम्म सडक जोड्नका लागि स्रोतको सुनिश्चितता गर्दै काम गर्न राष्ट्रिय योजना आयोगले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखालाई पत्र पठाएको छ।

तत्काल ठेक्का खोजी काम गर्न भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखाले सडक विभागलाई पत्राचार गरेको छ। चार वर्षदेखि सो सडकखण्ड कटान जारी छ। केही दिनमा बोलपत्र आह्वान गरी काम अगाडि बढाइने सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख ध्रुब झाले बताए। रासस