२०८१ कार्तिक २० , मंगलबार

नेप्सेमा दोहोरो अंकको वृद्धि

सुनाखरी न्युज/ काठमाडौं –

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से १७.९९ अंकले बढेर दुई हजार ६ सय ३४ दशमलब ५७ विन्दुमा रोकिएको हो ।

 

त्यस्तै, आज कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । आज २ अर्ब ५९ करोड २७ लाख बराबरको कारोबार भएको छ । आइतबार २ अर्ब २७ करोड ४६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १५६ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने ३१ कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् ।

 

यसमध्ये आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको । जुन इमर्जिङ नेपाल लिमिटेड रहेको छ । इमर्जिङ नेपालको शेयरमूल्य आज ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५७१.७० रुपैयाँ पुगेको छ ।

 

त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज करिब ३ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीकोे भएको छ । यस कम्पनीको आज १६ करोड २९ लाख भन्दा बढीको कारोबार भएको छ ।