२०८१ आश्विन १३ , आइतवार

जेष्ठ नागरिक सरोकार समाजले एक सय वर्ष माथिका सबैलाई अभिनन्दन गर्ने

सुनाखरी न्युज/  पोखरा । जेष्ठ नागरिक सरोकार समाज नेपालले देशका ७७ वटै जिल्लाका १०० वर्ष पार गरेका सबै जेष्ठ नागरिकलाई अभिनन्दन गर्ने भएको छ ।

समाजका अध्यक्ष समाजसेवी भक्तराज श्रेष्ठको अध्यक्षतामा सोमबार वसेको वैठकले सो निर्णय गरेको हो । वैठकले समाजका आजिवन सदस्यको हकमा ७५ वर्ष माथिका सबै जेष्ठ नागरिकलाई अभिनन्दन गर्नेछ ।

चैत्र १९ गते हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा पोखरा ९ शान्तिघाट स्थित समाजको कार्यलय परिसरमा निशुल्क आँखा शिविर गर्ने निर्णय गरेको समाजका महासचिव विष्णुप्रसाद पौडेले वताउनु भयो ।

त्यसै गरी चैत्र २७ गते राम नवमीको अवसरमा धार्मिक प्रवचन, भगवान श्रीरामको विशेष पुजा अर्चना तथा जेष्ठ नागरिकलाई प्रसाद वितरण कार्यक्रम गरी भव्य रुपमा मनाउने निर्णय गरेको छ ।