सुनाखरी न्युज/ काठमाडौं । नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका हर्कपुरस्थित सीजी उन्नती कल्चरल भिलेजले आफ्नो स्थापनाको पहिलो वर्ष पुरा गरेको अवसरमा ‘उन्नती मेला’को सम्पन्न गरेको छ ।
कला, संस्कृति, साहित्य र खानाको समिश्रण रहेको मेलामा पन्चे बाजाको संगित, मगर र थारु नाचर स्थानीय कलाकारहरुको प्रस्तुतीहरुले उत्सवमय रौनक थपेका थिए। स्थानीयमहिला र विभिन्न समुदायका हस्तकला र सिर्जनाहरु प्रदर्शनमा राखिएको मेला मा कलाकारहरु,संस्कृति एवं कला प्रेमी लगायत उत्साही सर्वसाधारणहरुको जमघट थियो । उन्नती कल्चरल भिलेज चौधरी फाउण्डेनको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संचालित छ ।यो कला, संस्कृति, साहित्यर संगितको प्रवधर्ल नमाक्रियाशिल छ । हाम्रा सांस्कृतिक र कला सम्पदाको संरक्षण र प्रवर्धन गर्दै महिलाहरूको नेतृत्वमा लघु उद्यमीहरूमार्फत महिला सीप र क्षमतानिर्माण गर्न उन्नतीकल्चरल भिलेज क्रियाशिल रहेकोछ । उन्नतीले आफ्ना गतिविधि तथा कार्यक्रमहरुलाई आगामीदिनमा सातवटै प्रदेशमा सञ्चालनगर्ने लक्ष्य राखेको छ ।
फागुन २८ गते दिप प्रज्वलनबाट मेलाको शुभारम्भ गर्नुभएका गण्डकी प्रदेश सामाजिकविकास मन्त्रालयका सचिव देवेन्द्र लामिछानेले कला, संस्कृती र साहित्यलाई उद्यमशीलता र रोजगारीसंग जोड्नुपर्ने आवश्यकताऔलाएकाथिए । उनले आफ्नो मन्त्रालयत्यसमानिजि संघ संस्थाहरुसंगपनिसहकार्य गर्न तयार रहेको पनिजानकारी दिए ।उक्तअवसरमागैंडाकोट नगरपालिकानगरप्रमुखचन्द्रराजपौडेलले परम्परागतजीविकोपार्जनको महत्वबारे जोड दिदै मौलिककला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि जनस्तर बाटै लाग्नुपर्ने आवश्यकता रहेको धारणा राखेका थिए। उनले उन्नतीकल्चरल भिलेजले आफ्नो स्थापनाको छोटो समयमानै स्थानिय मौलिककला र संस्कृतिकोसंरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताए। चौधरी फाउण्डेसनकी निर्देशक सुरभी चौधरीले भिलेजको उदेश्य अनुरुप सातै प्रदेशमा नमुना सांस्कृतिक घर निकट भविष्यमा नै निर्माण गरिने बताइन् ।
सो अवसरमा सिटिईभिटिका प्रमुख प्रमोद आचार्यले साना उद्यमी र व्यवसायी उत्पादन गर्नका लागि आफ्नो संस्थाले चौधरी फाउण्डेसनसंग सहकार्य गर्न तयार रहेको बताए। कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, वरिष्ठ कलाकार गोपालकलाप्रेमीलगायतको उपस्थितिथियो । चौधरी फाउण्डेसनकाप्रबन्धनिर्देशक राहुल चौधरीले आगामी दिनमा फाउण्डेसनले यस्ता कार्यक्रमजारी राख्ने बताए । मेलाका अवसरमा चौधरी फाउण्डेसन र भिक्कु सेभिङ एण्ड क्रेडिट को अपरेटिभका बीच स्थानीयकला, संस्कृत र सिपको विकास गर्दै स्थानीयको स्तर उन्नती गर्ने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । मेलामाकरियर कार्यशाला र आर्ट कार्यशालाको पनि आयोजना गरिएको थियो । सोही अवसरमा भविष्यमा कला प्रदर्शनी लगायतका विभिन्न कार्यक्रम आयोजना गर्नका लागि निर्माण गरिएको ‘कला दिर्घ’को उद्घाटन गरिएको थियो ।