सुनाखरी न्युज/ काठमाडौं । आर्थिक समृद्धि र सामाजिक रूपान्तरणका लागि गुणात्मक एवं दिगो सहकारीको सोचका साथशेयर सदस्यहरुलाई समाज समुदायमा सरल सहजतरिकाले आधुनिक व्यवस्थीत जीवनया पनमा सहयोग पुयाउने उद्देश्य राखिनेपाल सरकार सहकारी ऐन २०७४ अन्र्तगतवनेको बागमती प्रदेश सहकारी ऐन २०७६ बमोजिम काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्ला भरी कार्य क्षेत्र कायमभई स्थापित यस सुनवर्षी बहुउद्देश्यीय सहकारी संस्था लि. (Sunbarshi Multipurpose Co–operative Ltd.) को आज मिति २०७८ चैत्र ६ गतेका दिनकारोवार शुभारम्भ समाहरो माननियमुख्यमन्त्रि (बागमती प्रदेश सरकार) राजेन्द प्रसाद पाण्डेको प्रमुख आथित्यता मा पानसमा दियो वाली शुभारम्भ गरियो साथै उक्त कार्यक्रममा सफल्ता को शुभ–कामनादिन राष्ट्रिय सहकारी बैंक का संञ्चालक ध्रुव नारायण यादव , उर्वर नेपाल लि. का अध्यक्ष सुदर्शन विक्रम कार्की, काठमाण्डौँ जिल्ला बहुउद्देश्यीय सहकारी संध लि.का संयोजक तुल्सी प्रसाद सापकोटा, क्यान महासंघ का उपाध्यक्ष खुशल रेग्मी, आथित्यता रहनुका साथै उक्त कार्यक्रमको सभापति संस्थाका अध्यक्ष गणेश कुमार घिमिरेले गर्नु भएको थियो।
उक्त अवसरमा आफ्नो मन्तब्य राख्ने क्रममा सञ्चालकहरुको सहकारी शिक्षाले संस्थामा सुशान र पारदर्शिता आउछ, साथै वचततथा ऋणको लक्ष्य नराखीआ–आफ्नो संस्थाको उद्देश्य अनुरुप काम गर्नु पर्नेमा जोड दिनुभयो र अहिले सहकारीहरु किन वेच हुनेकुरा आफ्नो जानकारीमा आएकोमा त्यसलाई प्रदेश सरकारले आफ्नो विभाग र भुमितथा सहकारी मन्त्रालयमार्फत विशेष निगरानि राखि त्यसप्रकार का संस्थालाई कारवाहिको दायरामा ल्याउनु पर्ने धारणा राख्नु भयो र सहकारी अभियानमाआफ्नो अनुभव हरु सुनाउदै सहकारीहरु ले आफ्नो सदस्यहरुको स्वास्थ्य सेवा मा पनि सहकारी मार्फतनै कुनै कार्यक्रम तय गर्न भन्नुका साथै आफुले सहकारी अनुकुलन भएका पुराना निति नियमहरुलाई परिमार्जन गर्नमापहल गर्ने कुरामा विश्वस्त पार्नु भयो ।
साथै क्यानमहासंघ का उपाध्यक्ष खुशल रेग्मीले प्रविधिमा सहकारीहरुलाई सघाउनको लागीक्यानमहासंघ तयार रहेको जानकारी दिनुभयो। राष्ट्रिय सहकारी बैंक का संञ्चालक ध्रुव नारायण यादवले संस्थाको सुशासन र प्रगतीहातेमालो गर्न तयार रहेको जानकारी गराउनु भयो। उर्वर नेपाल लि. का अध्यक्षश्री सुदर्शन विक्रमकार्की ले सहकारी संग सहकार्य गरी कृषक र कृषि पेशालाई आधुनिकि करण गर्नको उर्वर नेपाल लि.सदैव तयार रहेको वताउनुभयो । काठमाण्डौँ जिल्ला बहुउद्देश्यीय सहकारी संध लि.का संयोजक तुल्सी प्रसाद सापकोटा ले प्रारम्भीक साधारण सभावाट निर्वाचितसंचालक समितिएव लेखा समितिकापदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै संस्थालाई आवस्यक पर्ने प्राविधिकतालिमएवं सहकारी शिक्षाप्रदान गर्न काठमाण्डौँ जिल्ला बहुउद्देश्यीय सहकारी संध लि. तयार रहेको जानकारी गराउनु भयो ।
संस्थाको तर्फवाट अध्यक्षश्री गणेश कुमार घिमिरे ले वर्तमान सहकारी बजारमारहेका विभिन्नविसंगतीएवं चुनौतिहरुको सामनागर्दै चुक्तापूँजी र संस्थाको उद्देश्य अनुरुप बहुउद्देश्यीय कार्यहरु गर्नुका साथै, निक्षेप संकलन, कर्जा सापटी, मुनाफाआर्जन र कारोबारमा सहकारी ऐन, नियम, विनियम र विभिन्न समयमा जारी निर्देशनहरुको पुर्णपालना गर्दै संस्थागत सुशासनमाहामी सदा सर्वदा प्रतिबद्ध हुने छौं साथै संस्थालाई भविष्यमाथप सशक्त रूपमा संचालनगर्दै सदस्यहरुको आवस्यकतापहिचान गरी परीपुर्तिमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने छौं भनि सम्पूर्ण शेयर सदस्यहरू समक्ष प्रतिवद्धता जाहेर गर्दै । आज वाट नेपालको सहकारी को अभियानमा सुनवर्षी बहुउद्देश्यीय सहकारी संस्था लि. को शुभारम्भ भएको छभनी समाहरो समापन भएको जानकारी गराउनु भयो ।