२०८१ मंसिर ७ , शुक्रवार

नेप्से १६.०४ अंकले बढ्यो

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से १६.०४ अंकले बढेर दुई हजार ६ सय ५० दशमलब ७० विन्दुमा रोकिएको हो ।

 

सोमबार १७.९९ अंकले बढेर दुई हजार ६ सय ३४ दशमलब ५७ विन्दुमा पुगेर बन्द भएको थियो । त्यस्तै, आज कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । आज २ अर्ब ५२ करोड ८८ लाख बराबरको कारोबार भएको छ । सोमबार २ अर्ब ५९ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १०६ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने ७७ कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् ।

 

यसमध्ये आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको । जुन इमर्जिङ नेपाल लिमिटेड रहेको छ । इमर्जिङ नेपालको शेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६२८.८० रुपैयाँ पुगेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटरको भएको छ । यस कम्पनीको आज १५ करोड ३३ लाख भन्दा बढीको कारोबार भएको छ ।