२०८१ आश्विन १२ , शनिवार

हिसान काठमाडौं जिल्लाको पाँचौं अधिवेशन सम्पन्न, शिव अधिकारीको नेतृत्वमा नयाँ कार्य समिति चयन

सुनाखरी न्युज/ काठमाडौं । हिसान काठमाडौं जिल्लाको पाँचौं अधिवेशनले शिव अधिकारीको नेतृत्वमा नयाँ कार्य समिति गठन गरेको छ । राजधानीमा सम्पन्न अधिवशेनले अधिकारीको नेतृत्वमा दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।

 

कार्य समितिको उपाध्यक्षद्धयमा जेसिका चेम्जुङ र नन्दु कुशवाह रहनु भएको छ । त्यस्तै, सचिव गोपीराज पराजुली, कोषाध्यक्ष प्रकाश श्रेष्ठ र सहकोषाध्यक्ष लकश श्रेष्ठ चयन हुनु भएको छ । सदस्यहरूमा ऋषि न्यौपाने, दिपक न्यौपाने, छविलाल पाण्डे, राजेन्द्र त्रिपाठी, कृष्ण गौतम, राजन श्रेष्ठ, श्याम महर्जन, लक्ष्मण घिमिरे र सुवास जोशी रहनु भएको छ । यसअघि अधिवेशनको उदटन सत्रलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै राज्यमन्त्री उमेश श्रेष्ठले नेपालका निजी शैक्षिक संस्थाहरूले पनि गुणस्तरीय शिक्षा दिइरहेको बताउनुभयो ।

 

हिसानका अध्यक्ष रमेश सिलवाल, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, बोर्डका बागमती प्रदेश अध्यक्ष जयन्ती सत्याल, प्याब्सनका सहअध्यक्ष डिके ढुंगाना, एनप्याब्सनका सहअध्यक्ष सुवास न्यौपानले लगायतका वक्ताहरू शैक्षिक क्षेत्रमा देखिएका विविध समस्या र समाधानका उपाय बारे चर्चा गर्नु भएको थियो । उदटन सत्रको अध्यक्षता गर्नु भएको काठमाडौं हिसानका अध्यक्ष नरेन्द्रबहादुर अधिकारीले राज्यको शैक्षिक विकासमा निजी क्षेत्रबाट सञ्चालित स्कुल तथा कलेजहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

 

राज्यले निजी क्षेत्रको भूमिकाको सही मुल्याङ्न गर्न नसकेको उहाँले बताउनुभयो । कार्यक्रममा शिक्षा पत्रकार प्रकृति अधिकारी सहित काठमाडौं हिसानका पूर्व अध्यक्षहरू नवराज पाण्डे, डाक्टर स्वागत श्रेष्ठ, रामहरि सिलवाल र निवर्तमान अध्यक्ष नरेन्द्रबहादुर अधिकारीलाई सम्मान गरिएको थियो । सोही अवसरमा काठमाडौं हिसानको मुखपत्र ‘एजुकशेन’ को पनि विमोचन गरिएको थियो ।