२०८१ आश्विन १३ , आइतवार

अवैध मदिरासहित ६ थान मोटरसाईकल बरामद

सुनाखरी न्युज/ धनुषा । धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका १ स्थित सीमा ईलाकाबाट चैत्र ८ गते सशस्त्र प्रहरीले करिब ३ लाख १० हजार रुपैयाँ बराबरको अबैध मदिरा बरामद गरेको छ ।

 

६ वटा मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त मदिरा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र बिओपी इनर्वाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला मोटरसाईकलमा सवार ब्यक्तिहरु गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सोही ठाउँमा मोटरसाईकल छाडी फरार भएपछि सो मोटरसाईकलमा रहेको कार्टुनहरुमा जाँच गर्दा २ सय ७ कार्टुन सोफी, ७ कार्टुन भर्जिन र ९ कार्टुन ब्याल्क्क लेवल मदिरा फेला परेको हो ।

 

त्यसबेला उक्त ६ वटै मोटरसाईकलसमेत बरामद गरिएको छ ।