२०८१ आश्विन १३ , आइतवार

इजाजत प्राप्त हतियार बुझाउन जुम्ला प्रशासनको निर्देशन

सुनाखरी न्युज/ जुम्ला –

इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय जुम्लाले निर्देशन दिएको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त सबै हतियार बुझाउन प्रशासनले निर्देशन दिएको हो।

 

प्रशासनले एक सूचना जारी गर्दै एक महिनाभित्र आ-आफ्नो नजिकको प्रहरी कार्यालयमा हातहतियार बुझाउन सार्वजनिक रूपमा सूचना प्रकाशित गरिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन्। उनका अनुसार प्रहरी कार्यालयमा बुझाएका हतियार सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपश्चात् सम्बन्धित धनीलाई नै फिर्ता गरिनेछ।

 

कोही–कसैले बिनाइजाजतका भरूवा तथा एअर गन राखेको भए आगामी चैत २२ गतेभित्र स्वत:स्फूर्त रूपमा नजिकको प्रहरी कार्यालयमा बुझाउन प्रशासनले सूचित गरेको छ। निर्धारित समयभित्र नबुझाई अटेर गरेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।  रासस