२०८१ आश्विन १३ , आइतवार

पहाडी भू-भागमा दिउँसाे-राति मेघगर्जन-चट्याङ्गसहित वर्षाको सम्भावना

सुनाखरी न्युज/ काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज (शुक्रबार) बिहान देशका पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकोछ ।

 

बाँकी भू-भागको मौसम भने सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। प्रदेश-१, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना छ।

 

शुक्रबार राती भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशक पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।