२०८१ आश्विन ६ , आइतवार

भारतका लागि नेपाली राजदूत डा शर्माले लिए शपथ

सुनाखरी न्युज/ काठमाडौं –

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपाली आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

 

राष्ट्रपति भण्डारीले राजदूत शर्मालाई शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित थिए ।

 

नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् । रासस