२०८१ आश्विन १४ , सोमवार

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान कपिलवस्तुद्वारा प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ कपिलवस्तु । हरी शर्मा आचार्यकाे सभापतित्व भएको कार्यक्रमको प्रमुख अतिथीमा पुर्व प्रधान न्यायाधीश गोपाल पराजुली, बिशिष्ट अतिथी पुर्व प्रहरी महानिरीक्षक (IGP) श्रीमान अच्युतकृष्ण खरेल, तथा पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिम्सिना लगायत सह संयोजक डा.विनय पाण्डे ,आदरणीय वासुदेव चौधरी, कार्यक्रम संचालक भानु चतुर्वेदी लगायत समाजका विशिष्ट प्रबुद्ध व्यतित्वहरुको उपस्तिथिमा जागरण अभियानको लागि प्रकाशित पुस्तक,स्टिकर तथा फोल्डरको पुर्ण परिचयको साथै विमोचन कार्यक्रम कपिलवस्तु स्थित गौतम बुद्ध होटलको प्राङ्ग्णमा सम्पन्न भयो ।

 

गाेष्ठीमा अभियान द्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नाे दायित्वकाे रुपमा स्वीकार गरोस भन्ने आग्रह समेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले षडयन्त्रमा हिन्दू राष्ट्र नेपालको पहिचानलाई मेटाएर धर्मनिरपेक्षताका रूपमा संविधान लेखिएको भए पनि ऐतिहासिक, सांस्कृतिक, धार्मिक रुपमा नेपाल हिन्दु राष्ट्र नै हो। हिन्दू राष्ट्रको चिन्तन आम जनताको नसामा रहेको कारण विश्वभर बसोबास गर्ने हिन्दू समाजले नेपाललाई हिन्दू राष्ट्रको रुपमा नै चिन्छ ।

नेपालको संविधानमा रहेको हिन्दू राष्ट्रको पहिचानलाई सुनियोजित षडयन्त्रका आधारमा समाप्त गरी नेपालको मौलिक आत्मामाथि प्रहार भएको भन्दै कार्यक्रमका प्रमुख वक्ताहरुले अाक्राेश पाेखेका थिए । देशमा जबर्जस्ती धर्मनिरपेक्षता थोपिए पछि धर्म परिवर्तनको प्रकृया तिव्र गतिमा चलिरहेको छ । त्यसैले समयमै सचेत र सजग भएर मात्र नभई आफ्नो पहिचान जोगाउन आ–आफ्नो तहमा संघर्ष गर्न तयार हुनुपर्ने वक्ताहरुले बताएका थिए। गत भदाै ३ गते पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालकाे संयाेजकत्वमा याे अभियान सुरु भएकाे हाे ।