२०८१ आश्विन १४ , सोमवार

चुनावी अभियानमा जुट्यो कालिकोट-काठमाडौं सम्पर्क समन्वय समिति

सुनाखरी न्युज/ काठमाडौं । नेकपा(माअोवादि केन्द्र) कालिकोट-काठमाडौ सम्पर्क समन्वय समितिको यहि वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन केन्द्रित आर.आर.क्याम्पसमा बसेको ८ आैँ पुर्ण बैठकमा विशेष अथितिको रूपमा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति सम्पर्क समन्वय समिति विशेषप्रदेशका केन्द्रीय उपाध्यक्ष,टक ब.घर्ती(मुनाल), विशेष अथिती प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत, अतिथि कर्णाली प्रदेश सम्पर्क समन्वय समितिका संयोजक प्रतिमा के.सि,धनकृष्ण चाैलागाई,सुर्य शाही,अने जनसाँस्कृतिक महासंघ क्रान्तिकारि कि केन्द्रिय सदस्य प्रगति विक र सम्पर्क समितिका अध्यक्ष गोरक्षे महतारा(भाैतिक)लगायतको उपस्थितमा सबैले निर्वाचनमा केन्द्रितधारणा राख्नुभएको थियो।

 

कार्यक्रममा प्रमुख अथिती टक बहादुर घर्ती (मुनाल ) ले “यो चुनाव जनयुद्ध भन्दा पनि खतरनाक युद्ध हुनेछ यहाँ केबल हतियारमात्र प्रयोग हुनेछैन यहाँ बिचारको लडाइँ हुनेछ यो लडाइँ प्रतिगमकारी र अग्रगमनकारी बिचको हुनेछ यस्मा माओवादी केन्द्र अग्रगमनको पक्षधर रहेको र यसलाइ बिजयी गराउन सम्पुर्ण माओवादी केन्द्रको सिङ्गो पार्टी कमिटी देखि सम्पुर्ण जनबर्गिय संगठनहरु समेत त्यसै गरि परिचालन हुनेछन ।” साथै कालिकोटबाट प्रतिनिधि सभा सदस्य माननीय दुर्गबहादुर रावल (उज्वल)ले कालिकोट-काठमाडौ सम्पर्क समन्वय समितिको वैशाख ३० गतेको चुनावी भुमिका साथै पार्टी र जनप्रतिनिधिबारे आफ्नो महत्त्वपूर्ण धारणा यसरी राख्नुभएको छ।

 

 

खासगरी चुनाव जित्ने मान्छे धनी,सम्पन्न वर्गको र चुनाव जिताउने मान्छे गरिव जस्तो देखिने प्रवृत्ति हावि छ त्यसको अन्त्य गर्नु पर्छ। जब जनप्रतिनिधिलाई पार्टीले कमाण्ड गर्ने व्यवस्था भयो भने त्यसमा पार्टी भित्रको जोसुकै उठेपछि चुनाव जित्न गाह्रो हुदैन,यसको सट्टा यिनिहरूबिचको दुरि बढ्यो भने झन समस्या आइलाग्छ। अब हामीसँग पनि जनप्रतिनिधिहरू छन् । जनप्रतिनिधि र पार्टी विचको दुरि टाढा हुन दिनुहुँदैन, एक अर्काबिच समन्वयकारि भुमिका बनाउनुपर्छ। अझ जनप्रतिनिधि बन्न पार्टीले निर्णय गर्ने भएकोले पार्टिले जनप्रतिनिधि जिताएर सरकार गठन गर्ने र सम्पूर्ण सत्ता नै पार्टीको निर्देशन(घोषणापत्र) अनुसार चलाउने चिनियाँ पार्टी सिस्टम जस्तो व्यवस्था लागू गर्न सक्यौं,हामीले संघियता सफलता पुर्वक कार्यान्वयन गर्नसक्छाैँ,जनताले अधिकार प्राप्त गर्छन् र राजेन्द्र लिङ्देनले भने जस्तो जनताले नेतालाई चोर भन्नेदिन आउदैन।

 

साथै हाम्रो अहिलेको मुख्य एजेन्डा भनेको पार्टीलाई चुनाव जिताउनेमा केन्द्रित हुनुपर्छ । हामिले अहिले चुनाव जिताउने खालको रणनीति बनाएनाै भने कालिकोट जस्ता आधार क्षेत्रबाट पनि हार्ने खतरा छैन भन्न सकिँदैन र कालिकोटबाट हार्याै भने देशैभरि हार्छाैँ। त्यसैले हाम्रो आजको ब्यालेटको लडाइचुनावमा हो र यहि आउदो वैशाख ३० गतेको स्थानिय निर्वाचनमा कालिकोटका सम्पुर्ण स्थानीय तहमा माअोवादि केन्द्रमय बनाउनुपर्छ। सम्पर्क समन्वय समितिका अध्यक्ष गोरक्षे महताराले सम्पुर्ण पधाधिकारि ,सचिवालय सदस्य ,कार्यसमिति सदस्य ,पालिका पधाधिकारी सहित सम्पुर्णलाई निर्वाचन केन्द्रीकृत हुन निर्देशन दिनुभएको छ। साथै अन्य अथितिहरुले पनि कालिकोट माओवादीको आधार क्षेत्र रहेको हुदा अझ मेहनत गर्न र माओवादी केन्द्रलाई जिताउन लाग्न निर्देशनका साथै अनुरोध गर्नु भएको थियो ।