सुनाखरी न्युज/ काठमाडौं । चांगन अटोको उत्कृष्ट सेडान एल्सभीन र पिकअप अन्तर्गत उत्कृष्ट हन्टर ब्लु कोर इन्जिनको साथमा आउँदछ । ब्लु कोर इन्जिन गिनिज वोल्र्ड रेकर्ड होल्डर र अन्य विविध अवार्डको बिजेता समेत रहेको छ ।
चांगन अटोले गिनिज रेकर्ड अन्तर्गत लंगेस्ट लाइभ भिडियो ब्रोडकास्ट लाई चुनौती दिदै चोगींङ चांगन अटो ग्लोबल आर एण्ड डी सेन्टरमा प्रत्यक्ष प्रसारण गरिएको थियो । चांगनले ब्लु कोर हाइ प्रेसर डिरेक्ट इन्जेक्सन इन्जिनको पावरलाई रिलिज गरेको थियो । यस अन्तर्गत इन्जिनलाई २५९ घण्टा र आर पि एम ५५०० भन्दा माथिको गतिमा निरन्तर चलाइएको थियो । यस अवस्थामा पनि इन्जिनले कुनै पनि प्रकारको नकारात्मक संकेत दिएन । यसले इन्जिनको विश्वसनीयता र स्थिरतालाई पुष्टि गरेको छ । ब्लु कोर इन्जिन २०२० को चाइना कोर टप १० इन्जिनको बिजेता समेत रहेको छ ।
ब्लु कोर इन्जिनको साथमा भेराइभल भल्भ टाइमिङ, डुअल ओभरहेड क्याम, र इन लाइन ४ सिलिन्डरको साथमा आउदछ । ब्लु कोर इन्जिनले ग्राहकहरुलाई शक्तिशालि, शान्त र सरल ड्राइभिङ अनुभुति प्रदान गर्दछ । ग्राहकहरुलाई अबिस्मरणीय अनुभुति प्रदान गर्नुका साथै उच्चतम प्रदर्शन र कम इन्धन कफत दिनेमा कम्पनी विश्वस्त छ ।