२०८१ आश्विन ६ , आइतवार

प्रदूषणले निम्त्याएको पर्यावरणीय संकट देशका लागी चुनौती : प्रदिप पौडेल

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले काठमाण्डौ, पोखरा लगाएतका सहरमा बढेको प्रदूषणप्रति चासो प्रकट गरेका छन् ।

 

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले बढ्दो प्रदूषणले पर्यावरणीय संकट आउने उल्लेख गरेका हुन् । नेता पौडेलले बढ्दै गएको पर्यावरणीय संकट ठूलो चुनौती हुने भन्दै सचेत समेत गराएका छन्।

 

विकास मोडालिटीमा परिवर्तन गरी सहअस्तित्व र पर्यावरणमैत्री विकासको मोडल निर्माण गर्न उनले आग्रह गरेका छन् ।