२०८१ पुष ८ , सोमवार

समृद्धि फाइनान्सद्धारा पशुपतिक्षेत्र विकास कोष लाई झोला वितरण

सुनाखरी न्युज/ काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रमप शुपतिक्षेत्र विकास कोष लाई झोला वितरण गरेको छ । एक कार्यक्रमका बिच कोषलाई झोला वितरण गरिएको हो ।

 

समय समयमा संस्थाले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालनगर्दै आएको र भविष्यमा पनि यस्ता कार्यक्रमहरु गर्ने फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरज कुमार सर्राफले जनाउनु भएको छ ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक१२.२५%, र बचत निक्षेपमा अधित्तम११% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएकोछ । फाइनान्सले हाल पाँच ओटा शाखा बाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपा मा पनि शाखा सञ्चालन हुने जनाएको छ ।