२०८१ आश्विन १४ , सोमवार

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु

सुनाखरी न्युज/ बिराटनगर। मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

 

मोरङको बुढिगंगा गाउँपालिका-१ गंगाचोकमा ना ३ ख २३९ नम्बरको कन्टेनर र स १० प २८८६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको हो । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको कन्टेनरमा सोही दिशाबाट जाँदै गरेको मोटरसाईकल ठोकिदा घाईते भएका मोटरसाईकल चालक मोरङ टंकिसिनवारीका २५ बर्षीय किशोर कुमार माझीको उपचारको क्रममा बिराटनगरको टिचिङ अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी झापाको बुद्ध शान्ति गाऊँपालिका-१ मा दक्षिणबाट उत्तर तरफ जाँदै गरेको नम्बर उल्लेख नभएको मोटरसाईकल आफै अनियन्त्रीत भई ट्रकमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक बुद्धशान्ति गाउँपालिका-४ का २५ बर्षीय अन्जन फागोको उपचारको क्रममा झापाको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।