२०८१ आश्विन १४ , सोमवार

खेत जोत्ने क्रममा ट्याक्टरमा परेर बालकको मृत्यु

सुनाखरी न्युज/ महोत्तरी –

महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ। कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अलीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

 

ट्याक्टर चालक २५ वर्षीय रामबाबुले बुधबार मुस्तकिम अन्सारीको खेतमा अनटेस्ट ट्याक्टरमा रोटाभेटर लगाई बालक अकसरलाई आफूसँगैका सिटमा बसाएर खेत जोत्दै गर्दा अचानक तल झर्दा रोटाभेटरमा परेर उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

 

घटनालगत्तै ट्याक्टर चालक महेश फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। बालकको शव परीक्षणका लागि गए राति जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ।  रासस