सुनाखरी न्युज/ काठमाडौं –
रेनो नयाँ काइगर २०२२ सार्वजनिक भएको छ। रेनो काइगर सब-कम्प्याक्ट एसयुभी विभिन्न थप विशेषताहरू सहित भारतीय बजारमा सार्वजनिक भएको हो।
भारतीय अखबार अटो कार इन्डियाका अनुसार नयाँ काइगरको बाहिरी र आन्तरिक डिजाइनहरूमा परिवर्तन पाउन सकिन्छ। साथै, कम्पनीले २०२२ काइगरमा उच्च प्रविधिका विशेषताहरू समावेश गरेको छ। ग्लोबल एनक्याप क्र्यास टेस्टमा ४ स्टार सुरक्षा रेटिङ पाएको रेनोको काइगरले हाल भारतसहित नेपालमा पनि राम्रो बजार कमाएको छ। नयाँ काइगरको अगाडि भागको बम्परमा परिवर्तन देख्न सकिन्छ भने यसको टेल गेटमा पनि नयाँ क्रोम फिनिसिङ पाउन सकिन्छ। टर्बो पेट्रोल भेरियन्टको नयाँ काइगरमा १६ इन्चको अलोय ह्विल पाउनुका साथै डुअल टोन अर्थात् दुई भिन्न रंगको संयोजन गाडीमा पाउन सकिन्छ।
गाडीको सम्पूर्ण बाहिरी भागमा पहेंलो अथवा रातो रंग दिइएको छ भने यसको रूफ कालो रंगको दिइएको छ। त्यस्तै, कम्पनीले नयाँ काइगरमा क्रुज कन्ट्रोल र वायरलेस फोन चार्जिङ जस्ता विशषताहरू पनि थप गरेको छ। गाडीको भित्री विशेषताहरू पनि अद्यावरण गरिएको छ। नयाँ काइगरमा रातो रंगको ड्यासबोर्ड दिइएको छ। नयाँ रेनो काइगर १.० लिटर नेचुरल एस्पिरेटेड पेट्रोल इन्जिन र १.० लिटर टर्बो-पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ। १.० लिटर नेचुरल एस्पिरेटेड पेट्रोल इन्जिनले ७२ एचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ। यो पाँच स्पिड म्यानुअल र एएमटी गियरबक्स ट्रान्समिसनमा उपलब्ध छ।
१.० लिटर टर्बो-पेट्रोल इन्जिनले भने १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ र यो पाँच स्पिड म्यानुअल र सिभिटी अटोमेटसक गियरबक्स ट्रान्समिसन विकल्पमा उपलब्ध छ। रेनोको यो नयाँ काइगरले हाल बजारमा उपलब्ध हुन्डाईको भेन्यू, कियाको सोनेट, मारुती सुजुकीको भिटरा ब्रेजा, टाटाको नेक्सन, महिन्द्रा एक्सयुभी-३०० र टोयोटाको अर्बन क्रुजरसँग प्रतिस्पर्धा गर्नेछ। हाल कम्पनीले नयाँ रेनो काइगर २०२२ को सुरुवाती बजार मूल्य भारु ५ लाख ८४ हजार तोकेको छ। यो भनेको सन् २०२१ मा सार्वजनिक रेनो काइगरको तुलनामा भारु ५ हजार बढी हो। एजेन्सी