२०८१ आश्विन १४ , सोमवार

फेवा वेगनासको अध्यक्षमा राजाराम पौडेल चयन

सुनाखरी न्युज/ पोखरा । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको लायन वर्ष २०२२÷२३ को अध्यक्षमा राजाराम पौडेल निर्वाचित हुनुभएको छ । पौडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन संयोजक तथा क्लवका संस्थापक अध्यक्ष समेत रहनुभएका क्लष्टर १४ प्रमुख सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

 

पत्रकारिता क्षेत्रमा क्रियाशिल पौडेल वर्ष २०२१–२०२२ को प्रथम उपाध्यक्ष रहनुभएको छ । क्लबको प्रथम उपाध्यक्षमा चित्र बहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा राजेश ढुंगाना, तृतीय उपाध्यक्षमा अनुप बराल, सचिवमा टिका बहादुर लम्साल, कोषाध्यक्षमा महेश सुनार, सहसचिवमा हेमराज तिवारी र सह कोषाध्यक्षमा दीपक भण्डारी चयन हुनुभएको छ । यसैगरी मेम्बरसिप चियरपर्सनमा कृष्ण प्रसाद आचार्य, सदस्यहरुमा जीवन कार्की, लेखनाथ सुवेदी, घनश्याम आचार्य, नवराज अधिकारी, ऋषिराम खनाल र प्रवेश उप्रेती रहनुभएको छ ।

 

क्लबका लायन वर्ष २०२१÷२२ का अध्यक्ष महेश्वर रिमालको अध्यक्षतामा आयोजित निर्वाचन कार्यक्रममा ड्रिस्टिक डिर्पाटमेन्ट चिफ बालकृष्ण बराल, क्लष्टर १४ का प्रमुख सन्तोष घिमिरे, ड्रिस्टिक मोडेल भिलेज डेपुटी चिफ जीत बहादुर थापा गोपाल, डिष्ट्रिक पिआरओद्धय टंक ढकाल र गोविन्द सापकोटा, क्लवका नवनिर्वाचित अध्यक्ष राजाराम पौडेल, सचिव चित्र गुरुङले बोल्नुभएको थियो ।

 

लायन वर्ष २०१६÷२०१७ मा स्थापना भएको यस क्लबको नेतृत्व सन्तोष घिमिरे, पुरुषोत्तम राज भण्डारी, विधान गौतम, टंक ढकाल र शंकर पाण्डेले कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । अहिले महेश्वर रिमालको नेतृत्वको समितिले काम गरिरहेको छ । नयाँ कार्यसमितिको कार्यकाल आगामी जुलाईबाट सुरु हुनेछ ।