२०८१ आश्विन १४ , सोमवार

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता (सहमतिपत्र सहित)

सुनाखरी न्युज/ काठमाडौं । पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता भएको छ । नेपाल आयल निगमसँग शनिबार ४ बुँदे सहमतिपछि एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायी/उद्योगीको आन्दोलन फिर्ता भएको हो ।

 

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरु एक साताअघिदेखि आन्दोलनमा थिए ।