सुनाखरी न्युज/ काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्ने सिफारिस गर्नुभएको छ ।
संसदमा आफू विरुद्दको अविश्वासको प्रस्ताव उपसभामुखले खारेज गरेलगत्तै प्रधानमन्त्री खानले संसद विघटन गर्ने सिफारिस राष्ट्रपति समक्ष गर्नुभएको बीबीसीले जनाएको छ।
संसद विघटनको शिफारिससँगै प्रधानमन्त्री खानले नयाँ जनादेश लिन निर्वाचन गर्ने घोषणा गर्नुभएको छ । उहाँले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै उहाँले आफू विरुद्दका सबै गतिविधिहरु असफल भएको दावीसमेत गर्नुभएको छ ।