सुनाखरी न्युज/ काठमाडौं । टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङ प्रा लि सँग संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज “टाटा मोटर्स CARE+ ल्याएको छ। टाटा मोटर्स र सिप्रदीले सधैं आफ्नो उत्पादन बिक्री पछि उत्कृष्ट सेवाहरूको साथमा ग्राहकहरुलाई नयाँ अनुभवलाई प्राथमिकता दिनेगरेको छ ।
CARE+ एक यस्तो मर्मत योजना हो जसले सवारी चलाउँदा बचत र सुरक्षाको ग्यारेन्टी दिन्छ। टाटा मोटर्सले हाल नेपाली बजारमा नौ विभिन्न मोडलहरू बिक्री गरिरहेको छ । यद्यपि, CARE+ हाल टाटा नेक्सन पेट्रोलमा मात्र उपलब्ध छ र निकट भविष्यमा अन्य मोडलहरूमा पनि यसको सेवा विस्तार गर्ने योजनामा छ ।
ग्राहकहरूले अब आफ्ना सवारी साधनहरूको सहज र समस्यामुक्त संचालन सुनिश्चित गर्न सक्नेछन्। यसका साथै CARE+ मा सवारी मर्मत, व्हिल अलाइनमेन्ट र सवारी साधनको धुलाई सहित निर्धारित सेवाहरू समावेश गरिएको छ । जसअनुसार ग्राहकले गाडी बिक्री भएको मितिदेखि ३६५ दिनभित्र वा १५,५०० किलोमिटर गुड्नु अगाडि CARE+ खरिद गर्न सक्नेछन्। CARE+ प्याकेज सिप्रदीका सबै २४ सेवा केन्द्रहरूमा उपलब्ध हुनेछ।
थप विवरणहरू https://tatacars.sipradi.com.np/careplus मा उपलब्ध छ। साथै इच्छुक ग्राहकहरूले केयर+ प्याकेजको बारेमा थप जानकारीको लागि टोल फ्री नम्बरहरू 16600155777 र 9801575777 मा कल गर्न सक्नुहुने छ ।
Care+ Package Details:
Year KM/Month Rates Cumulative Rates Discount on Part (%) Complementary Benefits
1 1500/2M 2,000.00 2,000.00 5% 1 Wash
1 Wheel Alignment
7500/6M
15000/12M
2 22500/18M 3,500.00 5000.00 (While Buying 2-year AMC plan at once) 7% 3 Wash
1 Wheel Alignment
30000/24M
3 37500/30M 4,260.00 8500.00(While Buying 3-year AMC plan at once) 10% 4 Wash
1 Wheel Alignment
45000/36M
4 52500/30M 4,260.00 12000.00(While Buying 4-year AMC plan at once) 10% 4 Wash
1 Wheel Alignment