२०८१ कार्तिक १६ , शुक्रवार

कुमारी बैक २१ औ वर्षमा प्रवेश

सुनाखरी न्युज/ काठमाडौं । कुमारी बैंक लिमिटेड २१ औं वर्षमा प्रवेश गर्ने अवसरमा बैकले कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य लिएको छ ।

 

यस कार्यलाई ग्राहकवर्गले सहयोग गर्ने अपेक्षा बैकले गरेको छ । बैकले डेबिट र क्रेडिट कार्डको हकमा बैंकको वार्षिक उत्सवका अवसरमा चैत्र २० मा बैंकको कार्ड मार्फत पिओएस अथवा अनलाइनबाट भुक्तानी गर्ने पहिलो कारोबारमा २१ प्रतिशत वा अधिकतममा २ हजार १ सय रुपैया सम्म क्यास व्याक प्रदान गरिनेछ । यो सुविधा एटिएम बाट पैसा झिक्दा भने लागु हुने छैन ।

 

वार्षिकोत्सवको अवसरमा बैकले सिम्कि एयरको हेलिकप्टर मार्फत गोसाइँकुण्ड जाने बैंकका ग्राहक समूहलाई हवाई यात्रामा अन्य दिनको कुल खर्च भन्दा १२ हजार ५ सय रुपैया छुट प्रदान गरिनेछ । यो छुटको प्रावाधान वार्षिकोत्सवदेखि एक महिनासम्म प्राप्त गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।