२०८१ पुष ९ , मंगलबार

डिशहोमले ल्यायो ‘एक बर्षमा २४ महिना’ योजना

सुनाखरी न्युज/ काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरुको लागि एक बर्षमा २४ महिनाको योजना ल्याएको छ । डिशहोमको सेवा लिइरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरहरुबाट फण्ड ट्रान्स्फरमार्फत एक वर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।

 

यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरुमध्येबाट प्रत्येक हप्ता गोलाप्रथामार्फत एकजना ग्राहकले रु एक लाख पनि जित्न सक्ने छन् । हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका च्यानलहरु रमाईलो एचडी, सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानललगायत डिशहोम सोकेसमा गोलाप्रथाको प्रत्यक्ष प्रसारण हुनेछ । एक बर्षको रिचार्जमा २४ महिना टेलिभिजन हेर्न र रु एक लाख जित्ने यो योजनाको फाईदा २०७८ चैत्र २१ पछि रिचार्ज गर्ने डिशहोमका ग्राहकहरुले लिन सक्नेछन ।

एक दशकदेखि स्याटालाईट प्रविधिमा टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक हो । डिटिएच प्रविधिमार्फत टेलिभिजन सेवा दिईरहेको यस कम्पनीले फाइवरमार्फत डिशहोम फाइवरनेट ब्राण्डमा नेपालभर इन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।