२०८१ मंसिर ८ , शनिवार

यस्ता छन् गर्मीमा छालामा प्याज दल्नुका ५ फाइदाहरु

सुनाखरी न्युज/ काठमाडौं –

गर्मीयाममा प्याजको प्रयोग विभिन्न किसिमले गर्न सकिन्छ । गर्मीमा लू नलागोस् भन्नाका लागि प्याज आफ्नो लुगा अथवा आफुसंग राख्नु पर्छ । गर्मीयाममा प्याजको सेवन स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छ । त्यसबाहेक प्याजलाई छालामा रगड्नाले पनि विभिन्न फाइदा पुग्छ ।

फाइदाहरु :

  • गर्मीयाममा प्याजको उपयोग केवल खानाका लागि मात्र नभएर छालामा दल्नका लागि पनि गरिन्छ । यसो गर्दा छालालाई शितल – बनाउँछ र शरीरको तापक्रम पनि सन्तुलित बनाउँछ ।
  • खुट्टाको पैताला पोल्नबाट बचाउनका लागि पनि पिसेको प्याज दल्नु लाभदायक हुन्छ । यसो गर्दा लूको चपेटामा पर्न दिँदैन ।
  • छालामा हुने संक्रमण निको पार्नसमेत प्याज लाभदायक हुन्छ । पिसेको प्याजलाई छालामा लगाउ“दा छाला सम्बन्धि संक्रमण निको हुन्छ ।
  • लामखुट्टेको टोक्दा यदि फोका आयो भने अथवा छाला सुनिनुको साथै रातो दाग भयो भने त्यसमा प्याज दल्नाले सुनिएको र रातो भएको कम हुन्छ ।
  • टाउकोको छालामा प्याज दल्नाले झरेको कपाल पनि उम्रन थाल्छ । यसबाहेक टाउकोमा जुम्रा परेर चिन्तित हुनु हुन्छ भने पनि टाउकोको छालामा प्याज दल्नाले जुम्रा मर्छ ।