२०८१ आश्विन ६ , आइतवार

काठमाडौंको मेयर पदमा अभिनेता भुवन केसीले उम्मेदवारी दिने

सुनाखरी न्युज/ काठमाडौं –

०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा अभिनेता भुवन केसी स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने भएका छन् ।

 

मंगलबार बसेको पार्टीको केन्द्रीय कार्य समितिको बैठकले केसीलाई उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । उन्नत लोकतन्त्र पार्टीको संवाद समितिले गरेको छलफलबाट केसीलाई परराष्ट्र विभागको विभागीय अध्यक्ष समेतको जिम्मेवारी दिइएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

 

मेयरका उम्मेदवार केसीले महानगरवासीलाई शहरीया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास पार्टीले लिएको अध्यक्ष नेपालले बताएका छन्।