२०८१ आश्विन ६ , आइतवार

मन्त्रीपरिषद पुनर्गठन : गोविन्द बन्दी कानुन र दिलेन्द्र बडूलाई उद्याेग मन्त्रीकाे जिम्मेवारी

सुनाखरी न्युज/ काठमाडौं । अधिवक्ता गोविन्दप्रशाद शर्मा काेइराला (बन्दी) कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त हुनु भएको छ ।

 

उहाँलाई प्रधानमन्त्री शेरबहादुर देउवाको शिफारिसमा कानुनमन्त्रीमा नियुक्ति गरिएको हो । उहाँले आजै २ बजे सपथ लिने तयारी भई रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । यसैगरी नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नियुक्त गरिएको छ ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गोविन्दप्रसाद शर्मा (कोइराला)लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा नियुक्त गर्नुभएको हो । साथै, कानुन मन्त्रालय सम्हाल्दै आउनुभएको बडूलाई हाल प्रधानमन्त्री देउवाले सम्हादै आउनुभएको वाणिज्य मन्त्रालयमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।