२०८१ मंसिर ८ , शनिवार

लगानीकर्तामा पलायो आस, नेप्सेमा ३५ अंकको शुधार

सुनाखरी न्युज/ काठमाडौं । लामो समयदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से ३५.६६ अंकले बढेर दुई हजार ४ सय ६४ दशमलब ३१ विन्दुमा पुगेको हो ।

 

बुधबार नेप्से २३.३२ अंकले घटेर दुई हजार ४ सय २८ दशमलब ७५ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज कारोबार रकममा पनि सामान्य सुधार भएको छ । आज २ अर्ब १२ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार एक अर्ब ९९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

आज कारोबार भएका १७४ कम्पनीको शेयरमूल्य बढेको छ भने १८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा भने १० प्रतिशतले वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७०० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ७.७१ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ७ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।