२०८१ आश्विन १४ , सोमवार

टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले टेलिकम प्रबन्ध निर्देशककाे रूपमा नियुक्त गरेको हो ।

 

यसअघि पाैडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । नेपाल टेलिकमकाे प्रवन्ध निर्देशक पदका लागि ९ जनाले आवेदन दिएका थिए । जसमध्ये संगिता पहाडी, बुद्धि आचार्य र सुनिल पाैडेलकाे नाम मन्त्रिपरिषदमा सिफारिस गरेकाे थियाे ।

 

विवादित व्यक्तिलाई टेलिकमकाे जिम्मा दिन लागिएको भन्दै टेलिकम भित्रैका कर्मचारीकाे बिराेध बीच पाैडेल एमडीमा नियुक्त भएका छन । सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले टेलिकमकाे प्रबन्ध निर्देशकमा सुनिल पाैडेल नियुक्त गरेकाे जानकारी दिए ।