२०८१ आश्विन ५ , शनिवार

लायन्स क्लव अफ लेखनाथ सिमसारमा गिरी

सुनाखरी न्युज/ लेखनाथ । लायन्स क्लव अफ लेखनाथ सिमसारको बर्ष २०२२÷२०२३ का लागि शिव गिरीको नेतृत्वमा नयाँ समितिको चयन भएको छ ।

 

समितिको प्रथम उपाध्यक्षमा गिता बगाले बराल, द्धितिय उपाध्यक्षमा इन्दिरा ओझा, तृतिय उपाध्यक्ष्मा कल्पना तिवारी, सचिवमा प्रभा पौडेल र कोषाध्यक्षमा मिना माया श्रेष्ठ चयन हुनु भएको छ । निर्वाचित समितिलाई क्लवका संस्थापक अध्यक्ष एवं डिष्ट्रीक एडभाइजर बसुधा भट्टराई, निर्वाचन संयोजक शान्ति खनाल र पूर्व अध्यक्ष माया बरालले शुभकामना दिनु भएको थियो ।

 

सोही कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गिरीले बर्ष २०२२÷२०२३ का लागि विभिन्न १५ वटा कार्यक्रम सार्वजनिक गर्नु भएको छ । नियमित कार्यक्रम अन्र्तगत बृक्षरोपण, रक्तदान, खाद्यान्न बितरण, स्टेशनरी बितरण लगायतका कार्यक्रम आफ्नो नेतृत्वमा