२०८१ आश्विन ५ , शनिवार

मानिसले आफ्नो दिमाग रोबोटमा डाउनलोड गर्न सक्ने

सुनाखरी न्युज/ काठमाडौं –

एलन मस्कले मानिसले आफ्नो दिमाग रोबोटमा डाउनलोड गरेर सधैंका लागि बाच्न सक्ने बताएका छन् । ‘मलाई लाग्छ यो सम्भव छ,’ मस्कले हालै मात्र इनसाइडरलाई बताएका छन् । ‘हो वास्तवमै हामी वस्तुहरुलाई डाउनलोड गर्न सक्छौं ।

 

यो अविश्वसनीय हुने हामीलाई लागेको छ । यदि तपाईं शरीरमा हुनुहुन्न भने पनि त्यो निश्चित रुपमा फरक हुनेछ । तर हामीले आफ्नो स्मृतिलाई, हाम्रो व्यक्तित्वलाई सुरक्षा गर्न सक्छौं,’ उनको भनाई थियो । मस्ककातर्फबाट यस किसिमको प्रविधि आजको कम्प्यूूटरको मेमोरीको स्वरुपबाट क्रमिक रुपमा उत्पन्न हुनेछ । ‘हाम्रा मेमोरीहरु हाम्रा फोन र कम्प्युटरमा चित्र वा भिडियोको रुपमा संग्रह भइरहेका छन्,’ उनले बताए । कम्प्युटर र फोनले हाम्रो संचार गर्ने क्षमतालाई बढाइ दिन्छ ।

 

 

हामीले पहिलेनै मानव दिमागलाई कम्प्युटरको माध्यमबाट बढाएको छ । सिन्थेटिक शरीरहरुमा चेतनाहरु डाउनलोड गरेर मानव जीवनलाई लम्ब्याउने अवधारणा दशकौंसम्म मानव विज्ञान कथाको फिक्चर भएको छ । १९६४ को साइ फाइ उपन्यास ‘डुने’ले यी प्राणीहरुलाई साइमेक्स भनेको थियो ।

 

केही विज्ञहरु आज पनि दिमाग अपलोडिङ गर्ने प्रविधिले यसलाई सम्भव बनाउने विश्वास व्यक्त गरेका छन् । तर, यसको समयसीमा अत्यन्त अस्पष्ट भएको बताएका छन् । एजेन्सी