२०८१ आश्विन ५ , शनिवार

एनसेलले ल्यायो नयाँ वर्षमा नयाँ आकर्षक अफरहरु

सुनाखरी न्युज/ काठमाडौं । यो नयाँ वर्ष एनसेलका ग्राहकहरुका लागि निकैनै विषेश हुने भएको छ। नयाँ वर्ष २०७९ को शुभ अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्युइय र कम्बो अफर र रिचार्ज योजना ल्याएको छ।

 

यी अफरहरु आज आइतबार (चैत्र२७) बाट, संचालनमा आएका छन्। यस आकर्षक न्युइय र कम्बो प्याक अन्तर्गत ग्राहकले ७ दिनर २८ दिन समय सिमा रहेका विभिन्न प्याकहरु सुचारु गर्न सक्छन्। प्याक अनुसार ग्राहकले अलनेट भ्वाइस, अलटाइम डेटा, अलनेट एसएमएस र नन्स्टप अन नेट भ्वाइ ससेवा जस्ता आकर्षक सेवा बण्डलिङ बाट फाइदा लिन सक्छन्। त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा बोनस स्वरुप फेसबुक, टिकटक, यूट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्द छन्।

 

कम्बो प्याक अन्तर्गत ७ दिनको समय सिमा रहेको प्याक ग्राहकले कर सहित मात्र रु ९६ मा सुचारु गर्न सक्छ न्रय सप्याकमा बण्डल गरिएको १ जिबि अलटाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिन १०० नेट अलनेट टकटाइम बाट फाइदा लिन सक्छन्। त्यस्तै ग्राहकले रु १६८ मा ५ जिबि अलटाइम डेटा र१००मिनेट अलनेट टकटाइम रहेको अर्को ७ दिने प्याक मात्र रु १६८ मा सुचारु गर्न सक्छन्। ग्राहकका लागि २८ दिन समयसिमा रहेको प्याक पनि रहेकोछ जस अन्तर्गत ग्राहकले रु २९८ मा २.५ जिबिडेटा सँगै २५० मिनेट अलनेट टकटाइमको फाइदालिन सक्छन्। प्याक सुचारु गर्न इच्छुक ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरियो प्याक सुचारु गर्न सक्छन्।

 

कम्बो प्याक अन्तर्गत नै विषेश प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुम सहित २८ दिन समय सिमा रहेको अन्य दुई प्याकहरु पनि रहेका छन् । रु ७९८ मा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन १ जिबि डेटा सहित नन्स्टप अन नेट कल सुविधा (५०००मिनेट को फेयर युसेज पोलिसी अन्तर्गतरहि), ५० मिनेट अफ नेट टकटाइ मर १०० अलनेट एसएमएसको फाइदा लिन सक्छन्। यसै २८ दिने प्याकमा रहेको अर्को योजनामा ग्राहकले मात्र रु ९९८ मा हरेक दिन २ जिबिडेटा २८ दिनसम्म, एनसेल नेटवर्क भित्र नन्स्टप कल सुविधा, १०० मिनेट अफ नेट टकटाइम र २०० वटा अलनेट एसएमएस पाउँछन्।

 

यसका साथै रिचार्ज योजना मा ग्राहकले रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक प्राप्त गर्दछन्। रु ५० देखि रु ९९ रिचार्ज गर्ने ग्राहकले १ दिन को समय सिमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्दछन्। त्यस्तै गरी रु १०० देखि रु १९९ को रिचार्जमा ग्राहकले ३ दिनको समय सिमार हेको २०० एमबी सोसलप्याक र रु २०० वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले ७ दिनको समय सिमा रहेको ५०० एमबी सोसल प्याक पाउँछन्। यसरी बोनस मा पाइने सोसल प्याक को डेटा ग्राहकले फेसबुक, टिकटक र यूट्युब चलाउन प्रयोग गर्न सक्छन्।

 

नयाँ वर्षको अवसरमा ल्याइएका यी नयाँ योजनाहरुले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न र ग्राहकहरु लाई सञ्चार सेवा सुलभ र सहज बनाउन ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ। रिचार्ज योजना १५ दिनको लागि मान्य रहनेछ।