२०८१ पुष १० , बुधवार

ओपोद्वारा गेम डेभ्लपर कम्फरेन्स २०२२ मार्फत विश्वकै पहिलो रे ट्रेसिंग थ्रीडी वालपेपर प्रदर्शित

सुनाखरी न्युज/ काठमाडौं । ग्लोबल प्राविधिक ब्राण्ड ओपोले गेम डेभ्लपर्स कन्फरेन्स २०२२ (जीडीसी) मार्फत स्मार्टफोनका लागि उद्योगकै पहिलो रे ट्रेसिङ एप्लिकेशन – कलरओएस रे ट्रेसिंग थ्रीडी वालपेपर्स प्रदर्शित गरेको छ ।

 

कार्यक्रममा उपस्थितले चीनमा सार्वजनिक गरिएको ओपोको नयाँ फ्ल्यागशिप स्मार्टफोन, OPPO Find X5 Pro(Dimensity Version)मार्फत मल्टिपल रियल–टाइम रे ट्रेसिङ वालपेपरहरूको प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त गरेका थिए । थ्रीडी वालपेपर एप्लिकेशन यसै वर्ष भित्रै एपीके मार्फत सार्वजनिकको तयारी भइरहेको जानकारी दिइएको छ ।

 

“प्राविधिक क्षेत्रकै एकअगुवाका रुपमा ओपोले सँधै नै प्रयोगकर्ताहरूको मोबाइल अनुभवलाई अझसमृद्ध बनाउनसक्रिय रूपमा नयाँ अवसरहरूको खोजि लाई निरन्तर्ता दिइरहेको छ,“ ओपो यूएस रिसर्च सेन्टरकाग्राफिक्स प्रडक्ट म्यानेजमेन्टकाप्रमुख जेन टियानले भने“स्मार्टफोन उपकरणहरूमाझ रे ट्रेसिङप्रविधिको फाइदा उठाउँदैअझइमर्सिभ र प्रतिस्पर्धात्मक गेमिङकालागिथपयथार्थपरक गेमप्ले ग्राफिक्स उपलबधहुनेछ । स्मार्ट उपकपरणहरुमा भविष्यकाअरु प्रयोगहरू अन्वेषण गर्न हाम्रा थ्रीडी वालपेपरले सुरूवातीबिन्दुका रूपमा पनि काम गर्नेछ।

 

प्रकाशको भौतिक व्यवहारलाई अनुकरणगर्ने रे ट्रेसिङ, एक ग्राफिक्स रेन्डरिङ प्रविधिहो । यसको उपयोग पछिल्लो समयमा कम्प्युटरहरूका लागि अपनाई सकिएको छ । रे ट्रेसिङ प्रविधि अपनाई, थ्रीडी वालपेपरहरूले प्रयोगयोग्यफ्रेम दरहरूमावास्तविक समयमा प्रकाश रेन्डर गर्न सक्छन् । यसले गर्दा वस्तुहरूको छायाँ, प्रतिबिम्ब र अपवर्तनहरू अझजीवन्त र वास्तविकदेखिन्छ।यसलेगर्दा घुमाउने, ट्यापगर्ने र लहराउने जस्ता हातकाइशाराहरूको प्रयोग गरी आफ्ना वालपेपर सँग अन्तरक्रियागर्न सक्ने सुविधा प्रदान गर्दछ।

 

ओपोले सन् २०१८ को सुरुदेखि नैआफ्नो रे ट्रेसिङ प्रविधि विकासको थालनी गरेको थियो । कम्पनीले सुरुमा विद्यमान मोबाइल उपकरणहरूमा रे ट्रेसिङलाई समावेश गराउन हाइब्रिड रेन्डरिङ विधिअपनाएको थियो।कलरओएस रे ट्रेसिङ थ्रीडी वालपेपरकालागि, ओपोले मिडियाटेक डाइमेन्सिटी ९००० चिपसेटको सम्भाव्यता लाई पूर्ण प्रयोग गर्दै, फाइन्ड एक्स५ प्रो (डाइमेन्सिटी संस्करण) मा हाइब्रिड आर्किटेक्चर र समर्पित हार्डवेयर कोरहरू अपनाएर रे ट्रेसिङ कार्यसम्पादनलाई गतिदिननयाँ दृष्टिकोण अपनाएकोहो । जीडीसी २०२२माप्रदर्शित थ्रीडी वालपेपर मोबाइलउपकरणहरूमा नयाँ प्रविधिहरू र रचनात्मक अनुभवहरू पस्कन कम्पनीले गरेका अथक प्रयासहरुको प्रमाण हो।

 

यहीबर्ष भित्रै ओपोले फाइन्ड एक्स५ प्रो (डाइमेन्सिटी भर्सन)का प्रयोगकर्ताहरुका लागि थ्रीडी वालपेपर एप्लिकेशनलाई एपीकेका रुपमारविश्वभरका डेभलपर्स, कलाकार, डिजाइनरहरुले आफ्नो रचनात्मकता प्रस्तुतगर्न सकुन् भन्ने सोचका साथ एसडीके प्योकजका रुपमाउपलब्ध गराउने जानकारी दिइएको छ ।