२०८१ आश्विन ७ , सोमवार

बैशाख ११ गते कांग्रेसको घोषणा पत्र – संकल्प पत्रको रुपमा सार्बजनिक हुँदै

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि वैशाख ११ घोषणापत्र जारी गर्ने भएको छ । वैशाख १२ गते उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता गर्ने मिति वैशाख ११ र १२ गते तोकेको छ ।

महामन्त्री गगन थापाको संयोजकत्वमा गठित स्थानीय तह घोषणापत्र तयारी समितिका सदस्य मधु आचार्यले वैशाख ११ गते लोकतन्त्र दिवसको दिन घोषणापत्र जारी हुने बताए ।‘वैशाख ११ गते घोषणापत्र जारी गर्छौंं र १२ गते उम्मेदवारी दर्ता हुन्छ’, केन्द्रीय सदस्यसमेत रहेका आचार्यले भने– ‘घोषणापत्र तयारीका लागि समितिले शनिबार अपाङ्गता भएका व्यक्तिहरुसँग छलफल गरेको थियो ।

 

’गठबन्धनमा रहेका दलहरु तालमेल गरी निर्वाचनमा जाँदा कांग्रेसले जारी गरेको घोषणापत्रअनुसार मत माग्ने कि अन्य दलले जारी गरेको घोषणापत्रको आधारमा मत माग्ने भन्ने जिज्ञाशामा केन्द्रीय सदस्य आचार्य भन्छन्– ‘केन्द्रले आफ्नो पार्टीको धारणा र नीति बनाउने हो ।तालमेल हुने स्थानीय तहमा तालमेल गर्ने दलहरुले साझा प्रतिबद्धता बनाएर मत माग्न सक्छन् ।’कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय पनि स्थानीय आवश्यकताअनुसार स्थानीय तहले नै तालमेल गर्न सक्ने उल्लेख गरेकाले केन्द्रबाट तालमेल नहुने उनले बताए ।

त्यस्तै नेपाली कांग्रेस ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियानका केन्द्रीय प्रतिनिधि एबं स्थानीय तह निर्बाचन -२०७९ घोषणापत्र केन्द्रीय तयारी समितिका सदस्य किरण गिरीका अनुसार लोकतन्त्र , संबिधान र संसदीय मुल्य मान्यता अनि संघीय लोकतान्त्रिक गणतन्त्र को संस्थागत बिकास र मजबुतीकरणको लागी तिनैतहको चुनावमा हालको लोकतान्त्रिक गठबन्धन आबस्यक रहेको जानकारी दिनु भयो ।