२०८१ आश्विन १४ , सोमवार

शुभकामना आदान प्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ पोखरा । सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक,पोखराको आयोजनामा नव वर्ष २०७९ को शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

 

कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले क्यालेण्ड बिमोचन गर्नु भएको थियो । सोहि कार्यक्रममा प्रहरी महानिरीक्षक लोहनीले नयां वर्ष २०७९ को उपलक्ष्यमा सम्पूर्ण सामुदायिक प्रहरीमा आवद्द समाजसेवी जनहरुमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्दै जनता र प्रहरी बिचको सम्बन्ध अझै प्रगाढ बनाउन सामुदायिक प्रहरी सेवाहरुले प्रहरीलाई सहयोग गर्नुपर्ने बताउनु भएको थियो ।

 

“विकृति र विसंगती रहित समाजको निर्माण हाम्रो अभियान” भन्ने मुल नाराका साथ नेपाल प्रहरीसँग हातेमालो गर्दै सामाजिक कार्यमा सलंग्न सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा पृथ्वीचोकले लागु औषध दुर्व्यसनी, महिला तथा घरेलु हिंसा न्युनिकरण, विपद् व्यवस्थापन लगायतका विषयमा विभिन्न स्कुल, टोल र संस्थाहरुलाई प्रशिक्षण गरी प्रहरीलाई सहयोग समेत गरी रहेको छ ।