२०८१ मंसिर ८ , शनिवार

शेयर बजारमा उच्च अंकको गिरावट

सुनाखरी न्युज/ काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ४४.६४ अंकले घटेर २४१९.७१ विन्दुमा झरेको छ ।

 

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२८ कम्पनीको २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँ बराबरको ५० लाख ९५ हजार ८३४ कित्ता शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ समूहको परिसूचक घटेको छ । अन्य समूह सबैभन्दा धेरै ४.६२ प्रतिशतले घटेको छ ।

 

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।