२०८१ आश्विन १४ , सोमवार

देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भवना

सुनाखरी न्युज/ काठमाडौं । देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भवना रहेकाे छ । आज (मंगलबार) बिहान देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेकाे छ ।

 

बाँकी भू-भागमा भने आँशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा भने आँशिक बदली रहनेछ । प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको समेत सम्भावना रहेको छ।

 

मंगलबार राती भने देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने आँशिक बदली रहनेछ। प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।