२०८१ मंसिर ९ , आइतवार

रुससँग युद्धको ५० औँ दिन पूरा भएपछि के भन्छन् राष्ट्रपति जेलेन्स्की ?

सुनाखरी न्युज/ काठमाडौं –

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुससँग युद्धको ५० औँ दिन पूरा हुँदा देशलाई सम्बोधन गर्दै युक्रेनलाई बचाउनेहरु सबैलाई सम्मान दिएका छन् ।

 

जेलेन्स्कीले भने, ‘बहादुर देशका अडिग जनता । हामी ५० दिनदेखि डटिरहेका छौँ जबकी कब्जा गर्नेहरुले हामीलाई पाँच दिनको समय दिएका थिए ।’ उनले थुप्रै पश्चिमी नेतासँग कुराकानी र बैठकलाई स्मरण गर्दै भने, ‘यी ५० दिनमा मैले दुनियाँका थुप्रै नेतालाई भिन्न भिन्न तरिकाले हेरेँ ।’उनले थपे, ‘राजनेताले आफूसँग कुनै शक्ति नै नभए जस्तो गरी व्यवहार गरिरहेको मैले देखेँ ।

 

मैले गैर राजनीतिक व्यक्ति देखेँ जसले ५० दिनमा तिनीहरुले भन्दा बढी गरे जसले नेतृत्वको दाबी गर्छन् ।’ उनले थपे, ‘रक्षा गर्ने ५० दिन हाम्रो लागि उपलब्धिमूलक छ । यो युक्रेनका लाखौँ जनताको उपलब्धि हो । यो ती सबैको उपलब्धि हो जसले २४ फेब्रुअरीमा आफ्नो जीवनको महत्वपूर्ण निर्णय लिए ।’ एजेन्सी