२०८१ आश्विन ७ , सोमवार

स्थानीय तह निर्वाचनमा केन्द्रको निर्णय पालना गर्न काँग्रेसको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसले स्थानिय तह निर्वाचनका सम्बन्धमा पार्टी केन्द्रीय समितिको निर्णय पालना गर्न निर्देशन दिएको छ। पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले पार्टी केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्न र गठबन्धनलाई बलीयो बनाउन निर्देशन दिएको केन्द्रीय सदस्य नैन सिंह महरले जानकारी दिनु भयो ।

 

निर्वाचन परिचालन समितिले पार्टी केन्द्रीय समितिको निर्णय अनुसार नगरे पार्टीको अनुशासन उल्लङघन गरेको रुपमा लिने निर्णय पनि गरेको छ। केन्द्रीय समितिको निर्णय सभापति देखी स्थानिय निकायका सबैले उत्तिकै पालना गर्नु पर्नेमा बैठकले जोड दिएको छ । त्यसैगरी प्रदेश र जिल्ला समेतमा समन्वय गर्नेगरी सहमहामन्त्रीहरुलाई सातै प्रदेश तहमा खटाउने निर्णय गरेको पनि केन्द्रीय सदस्य महरले वताउनु भयो। त्यसैगरी प्रदेश रकेन्द्रीय प्रतिनिधि जिल्ला तहसम्म पठाउने र सातै प्रदेशले पालिका तह सम्म प्रतिनिधि पठाउने निर्णय गरेको छ।

 

बैठकले चुनावी सभालाई आचार संहिता भित्र रहेर व्यवस्थित गर्न पनि निर्देशन दिएको छ। त्यसैगरी बैठकले बिभिन्न सातवटा निर्वाचन परिचालन उपसमिति गठन गर्ने निर्णय गरेको छ। जसमा भ्रात्रृ संघ समन्वय एवं परिचालन, सुभेच्छुक संस्था समन्वय एवं परिचालन, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन, विदेश स्थित जनसम्पर्क समिति समन्वय एवं परिचालन, अनुगमन मुल्याङकन तथा सुपरिवेक्षण, निर्वाचन सुरक्षा निकाय समन्वय र आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति रहेका छन् ।